सामसुङ अध्यक्ष लीको निधन


सोल(एजेन्सी)– दक्षिण कोरियाली इलेक्ट्रोनिक्स ब्राण्ड सामसुङका अध्यक्ष ली कुन–हीको निधन भएको छ । उनको आइतबार निधन भएको हो । सन् २०१४ मा हृदयघात भएपछि नै उनी अस्वस्थ रहँदै आएका थिए । सामसुङ कम्पनीले जारी गरेको विज्ञप्तीमा ७८ वर्षे लीको निधन भएको पुष्टि गरेको छ ।

‘अध्यक्ष ली कुन–ही एक सच्चा दुरदर्शी थिए । जसले सामसुङलाई एक स्थानीय व्यवसायबाट विश्वको अग्रणी इनोभेटरको श्रेणीमा ल्याए । हामी सबै सामसुङमा उनको सम्झना गरिरहेका छौं र उनीसँग भएका सम्झना प्रति आभारी छौं’, विज्ञप्तीमा भनिएको छ ।

अध्यक्ष ली कुन–हीका छोरा ली जाय–योङ २०१२ मा सह–अध्यक्ष भएका थिए । यही समयदेखि उनले कम्पनीको नेतृत्व लिएका थिए । अब उनले पिताको व्यवसायलाई सम्हाल्ने बताइएको छ । ली जाय–योङ सन् २०१७ मा पूर्व राष्ट्रपति पार्क–ज्यून–ह्येसँग जोडिएको अपराधमा दोषी ठहराइएका थिए । यो घटनापछि उनलाई पाँच वर्षको जेल सजाय सुनाइएको थियो । तर उनलाई एक वर्षपछि रिहा गरिएको थियो ।

प्रतिक्रिया