

मधेस प्रदेश सरकारबाट माओवादीका मन्त्रीले दिए राजीनामा

काठमाडाैं- नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।
माओवादीबाट सरकारमा सहभागी रतप्रसाद शाह र युवराज भट्टराईले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् ।
भट्टराईले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए भने शाह विना विभागीय मन्त्री थिए ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) बनेसँगै माओवादी मधेश सरकारबाट बाहिरिन खोजेको थियो ।

