

राष्ट्रपति भेट्न शितलनिवास पुगे प्रचण्ड

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेट गरेका छन् ।
आइतबार दिउसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटघाट भएको हो ।
भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
मंगलवार सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सो विषयमा पनि प्रधानमन्त्रीले राष्ट्रपतिसँग छलफल गरेका हुन् ।

