कपिलवस्तुमा कोइली खोलाले बगाउँदा एक जनाको मृत्यु


कपिलवस्तु- कपिलवस्तुमा कोइली खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका-७ का ४० वर्षीय लौटन थारुको मृत्यु भएको हो ।

दाउरा सङ्कलन गर्ने क्रममा खोलामा आएको बाढीले उनलाई बगाएको जिल्ला प्रहरी कार्यालयले कपिलवस्तुले जनाएको छ।

लौटनको शव बगाएको ठाउँबाट २ किलोमिटरको दूरीमा फेला परेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपालजंग रायमाझीले बताए ।

 

प्रतिक्रिया