जनताले परिवर्तनको महसुस गर्न सकेनन् : नेता सिटौला


काठमाडौँ – नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएको लामो समय बितिसक्दा पनि जनताले परिवर्तनको महसुस गर्न नसकेको बताएका छन्।

नेपाली काँग्रेस झापा-काठमाडौँ सम्पर्क समितिको तेस्रो अधिवेशनको आज उद्घाटन गर्दै उनले नयाँ संविधान जारी भएपछि मुलुकको परिवर्तनसँगै जनताले परिवर्तनको महसुस गर्न नसकेको बताएका छन् । “संविधान जारी भएपछि जनतामा जुन परिवर्तन हुनुपर्ने हो त्यो हुन सकेको छैन,” उनले भने ।

नेता सिटौलाले संविधानमा देखिएका कमी-कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताए । “पछिल्लो समय प्रचण्ड नेतृत्वको तीन वटा फरक–फरक सरकार बनेका कारण त्यसको असर प्रदेशमा देखिएको छ”, नेता सिटौलाले भने । पार्टीका पूर्व महामन्त्री सिटौलाले जनताको हितमा एजेण्डा तयार गर्दै उक्त एजेन्डामाथि समग्र पार्टी पङ्क्ति एक भएर जनतामाझ जानुपर्ने बेला आएको उल्लेख गरे ।

काँग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य सरिता प्रसाईँले जनताका पक्षमा उठाएका विषयमा सरकार गम्भीर नहुँदा काँग्रेसले संसद अवरोध गर्नुपरेको बताए । संसदमा सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको उनको भनाई थियो ।

प्रतिक्रिया