काठमाडौंका यी स्थानमा दैनिक ६ घण्टा बिजुली जाने


काठमाडौं- काठमाडौंको स्युचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्मको विद्युत् लाइन आजदेखि झण्डै एक साता अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले  आजदेखि सोमबारसम्म बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म हुसनटार, खड्का गाउँ र थानकोट फिडरको विद्युत् सेवा अवरुद्ध हुने जनाएको हो ।

यस्तै आगामी जेठ २ गतेदेखि ४ गतेसम्म थानकोट र बलम्बु फिडरमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने जनाइएको छ।

 

प्रतिक्रिया