एमबाप्पेले पीएसजी छाड्ने


काठमाडाैं- फ्रान्सेली लिग च्याम्पियन पीएसजीका स्टार खेलाडी किलियन एमबाप्पेले सिजनको अन्त्यमा पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने घाेषणा गरेका छन् ।

सामाजिक सञ्जालमा जारी भिडियोमार्फत उनले पिएसजीमा आफ्नो लागि यो सिजन अन्तिम हुने बताएका हुन् । मोनाकोबाट अगस्ट २०१७ मा १६.५७ करोड पाउन्डमा पीएसजीमा सामेल आएका उनले पीएसजीकोलागि कीर्तिमानी २५५ गोल गरेका छ्न् ।

प्रतिक्रिया