

नेकपा एसको स्थायी कमिटी बैठक आज बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बैठक सुरु हुने केन्द्रीय प्रचार विभागले जानकारी दिएको छ ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको काम कारबाही र पार्टीको आगामी कार्यदिशाबारे छलफल हुने बताइएको छ ।

