पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययनका लागि बजेट व्यवस्थापनको सुनिश्चितता


काठमाडौँ – कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नेपाल सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययनका लागि बजेट व्यवस्थापनको सुनिश्चितता गरेको बताएका छन् ।

साथै त्रिभुवन विश्वविद्यालयको सबैभन्दा ठूलो आङ्गिक क्याम्पस पृथ्वीनारायण क्याम्पसको भौतिक पूर्वाधार एवम् जनशक्ति व्यवस्थापनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल भएको मन्त्री गिरीले जानकारी दिए ।

पोखरा–मुग्लिङ सडक खण्डको कार्य प्रगति, पोखरामा भित्रिने पर्यटकलाई नयाँ गन्तव्यको खोजी लगायतका विषयमा बिहीबार प्रधानमन्त्रीसँग छलफल भएको उनले बताए ।

प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा सांसद विद्या भट्टराई, दामोदर बैरागी, मनबहादुर गुरुङ, शिव नेपालीको सहभागिता रहेको मन्त्री गिरीले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीसँग छलफल भएका विषयमा आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन गरेर जाने विषयमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

प्रतिक्रिया