बालमन्दिर जग्गा विवाद : यी हुन् पक्राउ पुर्जी जारी भएका २० जना


काठमाडौं- नक्सालस्थित बालमन्दिर जग्गा विवादको विषयमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बिहीबार  बाल संगठनकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएकाे छ ।

सीआईबीले अदालतबाट नेपाल बाल संगठनकी सिंहसहित उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, महासचिव श्री गणेश भक्त श्रेष्ठ, उपमहासचिव सुमन शाक्य, सदस्य एवंम श्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह, महासचिव श्याम कुमार आलेविरुद्ध पक्राउ पुर्जी जारी भएको जनाएकाे छ ।

त्यसैगरी, महासचिव सुवास कुमार पोखरेल, कोषाध्यक्ष श्री मनोहर गोपाल श्रेष्ठ,महासचिव प्रचण्डराज प्रधान, महासचिव राम काजी कोने,उपाध्यक्ष योगेन्द्र बहादुर शाही,उपकोषाध्यक्ष दिपकदास श्रेष्ठ, वृहस्पति विद्यालय व्यवस्थापन प्रालिका तत्कालिन अध्यक्ष चिरञ्जिवि तिवारी, वृहस्पति विद्यासदनका संचालक प्रविण राज जोशी,वृहस्पति विद्यासदनका तत्कालिन संचालक मुरारी निधि तिवारी र अध्यक्ष पुरुषोत्तमराज जोशीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

त्यसैगरी, वृहस्पति विद्यासदनका चार संचालकहरु श्रद्धा संघाई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया , किर्ति प्रसाद पाण्डेविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

आन्तरिक र पुराना प्रतिवेदनमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएपछि अनुसन्धानका लागि भन्दै बिहीबार नेपाल बाल संगठनले सीआईबीमा जाहेरी दिएपछि आरोपितविरुद्ध ठगीको कसुरमा अनुसन्धान सुरु भएको हाे ।

प्रतिक्रिया