महाकालीको टापुमा फसेका मजदुर घर फर्किए


कञ्चनपुर- कञ्चनपुरको महाकाली नदीमा ट्याक्टरसहित थुनिएका मजदुर फर्किएका छन् ।

हिजो साँझ  नदीको बहाव बढेपछि नदीजन्य पदार्थ सङ्कलनका लागि गएका १४ ट्याक्टरसहित करिब ३० जना मजदुर १२ घण्टासम्म थुनिएका थिए ।

तर, आज बहाव घटेपछि उनीहरू घर फर्किएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए ।

प्रतिक्रिया