त्रिभुवन विमानस्थलभित्र भल पस्दा सास्तीमा यात्रु र कर्मचारी


काठमाडौं – काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तर्फको टर्मिनलमा आज (बुधबार) लेदोसहितको भल पसेपछि यात्रु र कर्मचारीले सास्ती व्यहोर्नु परेको छ ।

बुधबार १ बजेतिर परेको वर्षाका कारण विमानस्थलको बोर्डिङ पास लिएर ह्याण्ड ब्याग सेक्युरिटी चेकतर्फ अगाडि बढ्ने क्रममा रहेको गहिरो स्थानमा भल पसेको थियो ।

विमानस्थल प्रवक्ता सुवास झाका अनुसार भल पसेको ठाउँ दुई भवन (पुरानो र नयाँ) जोडिएको स्थान हो । भल पसेपछि करिब ५/७ मिनेट यात्रु र कर्मचारीलाई सास्ती भए पनि उडान अवतरण तथा अन्य काममा भने असर नपरेको उनले बताएका छन् ।

प्रतिक्रिया