ताप्लेजुङमा ट्र्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु, ८ जना घाइते


ताप्लेजुङ- ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्र्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ ।  दुर्घटनामा परी याङ्वरक–४ का ९ वर्षीय मानस तामाङको ज्यान गएको हो ।

उनी स्थानीय सिद्धेश्वरी माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिए । दुर्घटनामा साेही विद्यालयमा अध्ययनरत ८ विद्यार्थी घाइते भएका छन् ।

खहरे हुँदै डुम्रिसेको तालखर्कतर्फ जाने क्रममा प्रदेश १–०१–००१ त ९०६९ नम्बरको ट्रयाक्टर सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल लुङ्गेलीले जानकारी दिए।

घाइते सबैकाे जिल्ला अस्पताल पाँचथर उपचार भइरहेकाे छ  । दुर्घटनापछि चालक फरार रहेका छन् ।

प्रतिक्रिया