जनकपुरमा बालिकामाथि कुकुरको आक्रमण, मृत्यु


जनकपुर- जनकपुरमा कुकुरको आक्रमणबाट एक जना बालिकाको मृत्यु भएको छ ।

कुकुरको झुण्डले आक्रमण गर्दा शहिदनगर नगरपालिकाको यदुकोहाका दिपक साहकी ६ वर्षीया छोरी सन्ध्याको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ घारीमा आँप टिप्न जाँदा कुकुरको झुण्डलेले आक्रमण गर्दा सन्ध्याको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।

प्रतिक्रिया