डिजीलाई समेत हातमा लिएर नापीमा उपद्रो मच्चाउँदै उपसचिव ढकाल


काठमाडौं-  नापी विभागमा हैकम जमाएर  एक उपसचिवले उपद्रो मच्चाएकाे खबर बाहिर आएको छ । उपसचिव हुन् दामोदर ढकालले आफूलाई खुसी नपार्ने  कर्मचारीलाई पेल्ने गरेकाे बताइएकाे छ ।

यतिसम्मकी उनले डिजी प्रकाश जोशीलाई पनि हातमा लिएर असुली धन्दा गरिरहेकाे गुनासाे त्यहाँका  कर्मचारीले गरेका छन् ।

गुल्मी घर भएर हाल बानेश्वर बस्दै आएका उनी विगत ६ वर्षदेखि विभागमा डेरा जमाएर बसेका छन् । उनले कार्यालयसहित अन्य सरुवा बढुवामासमेत चलखेल गर्ने गरेका छन् । पैसा नै उठाएर दामोदर ढकाले सरुवा बढुवा गर्ने गरेकाे स्राेत बताउँछ । त्यति मात्रै हाेइन काँग्रेसी हुँ भन्ने गरेका ढकालले अख्तियारमासमेत  सेटिङ मिलाउने भन्दै पैसा उठाउने गरेको गुनासो छ ।

उनले आफ्नो विरोध गर्ने  कर्मचारीरलाई साइड लगाउने गरेका छन् । उनै ढकालले नेपाल सरकारबाट संविधान दिवस २०७८ प्रवल जनसेवा श्री पदक पनि पाएका थिए ।

उक्त विषयमा ढकालले सबै आरोपहरु निराधार भएकाे बताएका छन् ।

प्रतिक्रिया