कालीगण्डकीका शिलाको उत्खनन रोक्न ‘भगवान् नाम’ चित्राङ्कन अभियान


काठमाडौँ – कालिगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिला नदी दोहनका कारण अस्तित्व संकटमा परेका कारण शालिग्राम शिला र सिङ्गो नदी प्रणाली बचाउन नदीका शिलाको नामाङ्कन तथा चित्राङ्कन सुरु गरिएको छ ।

आइतबार मोहिनी एकादशीको अवसर पारेर कालीगण्डकी बचाऔँ अभियान र शालिग्राम संरक्षण अभियान पर्वतले शिलाको नामाङ्कन सुरु गरेको हो । कार्यक्रममा सयौँको सङ्ख्यामा मानिसहरूले गण्डकी स्नान गरी हरिहर नाम संकृतन गर्दै शालिग्राम भगवानको विभिन्न अवतारका नाम शिलाङ्कित गरेका हुन ।

कुनै हालतमा पनि कालीगण्डकी उत्खननको काम नरोकिँदा कालीगण्डकी र यसको पर्यावरण नै खतरामा परेको भन्दै कालीगण्डकी बचाऔँ अभियान र प्रकृति र पर्यावरण तथा शालिग्राम संरक्षण समितिले म्याग्दीको प्रसिद्ध गलेश्वर धामबाट पर्वत कुस्मा बजारसँग जोडिएको पवित्र मोदीवेणीधामसम्मको बागर खण्डका मुख्य धर्मघाटका शिलाहरूमा ‘शालग्राम नाम’ चित्राङ्कन गरिएको छ ।

कालीगण्डकी उधिनेर शीलार बालुवा-गिट्टी ओसारेको दृश्य पर्वत जलजला गाउँपालिका आसपासका बासिन्दाका लागि अहिले सामान्य भएको छ। उनीहरूका अनुसार रातभर बालुवा–गिट्टी निकाल्ने गर्दा नदीको सुरक्षा कवच मानिने बगरहरू अहिले रित्ता देखिन्छन् ।

प्रतिक्रिया