रुख ढलेर सडकमा आएपछि भीमदत्त राजमार्ग अवरुद्ध


काठमाडौं- सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।

सोमबार दिउँसो जंगलमा आगलागी हुँदा सल्लाको रुख सडकमा ढलेपछि राजमार्ग अवरुद्ध भएको हो । बुडर र फल्टुडेको बीचमा  सडक अवरुद्ध हुँदा अहिले त्यहाँ सवारीसाधन रोकिएको एक यात्रु रमेश बोहराले बताए ।

हालसम्म पनि सडक खुलाउन कोही नआएको उनले बताए । सडक अवरुद्ध हुँदा तराईबाट पहाड जाने र पहाडबाट तराई जाने सम्पूर्ण साधन रोकिएका छन् ।

प्रतिक्रिया