थप १ हजार ७ सय ४१ संक्रमित, ४ हजार ५ डिस्चार्ज


काठमाडौं– पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६ पीसीआर परीक्षणमा १ हजार ६४ पुरुष र ६ सय ७७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५ जना डिस्चार्ज भएका छन् ।

हालसम्म १ लाख १५ हजार ६ सय ७५ जना कोरोना  भाइरस संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया