वनमा डढेलो लगाउनेकाे सूचना दिनेलाई ५० हजार पुरस्कार !


काठमाडौं-  सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले वनमा आगो लगाउने व्यक्तिबारे प्रमाणसहित जानकारी दिने व्यक्तिलाई ५० हजार पुरस्कार दिने घोषणा गरेको छ। विज्ञप्ती जारी गर्दै  सूचनादाताको नाम गोप्य राखिने गाउँपालिकाले जनाएको छ ।

‘आम हेलम्बुबासीलगायत सम्बद्ध सबैमा वन क्षेत्रमा डढेलो लगाउनेजस्ता कुनै पनि कार्य नगर्नु हुन आग्रह गर्दै अन्यथा वन ऐन २०७६ को दफा ५० को उपदफा (४) लगायतका प्रचलित नियमानुसार कानुनी कारबाहि गरिने विषय समेत सबैलाई सूचित गरिन्छ। साथै त्यस्ता क्रियाकलाप गर्ने व्यक्तिको बारे सप्रमाण जानकारी यस कार्यालयमा दिएमा सूचनादाताको नाम गोप्य राखी निजलाई  ५००००।– नगद पुरस्कार दिइने व्यहोरासमेत जानकारी गराइन्छ।’ जारी विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया