दार्चुलाका दुर्गम क्षेत्रमा तत्काल बाटो बनाउन सरकारलाई निर्देशन


काठमाडौँ – पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले दार्चुलाका दुर्गम क्षेत्रमा तत्काल बाटो बनाउन सरकारलाई निर्देशन दिएका छन् ।

दार्चुला जिल्लाको अपि हिमालको फेदमा बसेका नागरिकहरू सदरमुकाम आउन भारतीय बाटो भएर आउनुपर्ने समस्या रहेको भन्दै समस्या समाधानका लागि पहल गर्न सरकारसँग आग्रह गरेका हुन् ।

बिहीबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले दार्चुला जिल्लाको सदरमुकाम खलङ्गाबाट दुहु गाउँपालिका हुँदै व्यास गाउँपालिका टिंकरसम्म जुन महाकाली करिडोर बन्न अझै ५ वर्ष जति समय लाग्ने भएकाले त्यहाँका बासिन्दाहरूलाई सदरमुकाम आउने छोटो ट्रयाक केही स्थानमा विपद्जन्य घटनाका कारण बिग्रिएकाले बनाइदिन सरकारले पहल गर्नुपर्ने बताए ।

उनले ट्रयाक बिग्रिएर समस्या भएको झन्डै ५ वर्ष बितिसक्दा समेत सरकारले चासो नदिएको भन्दै सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताए । उन आउँदो बजेटमा त्यहाँका बासिन्दालाई लक्षित गरी बजेट ट्रयाकका लागि बजेट विनियोजन गरी यसै वर्ष ट्रयाक बनाउन आग्रह गरे ।

प्रतिक्रिया