विशाल लक्ष्यका साथ मैदानमा ओर्लिएको नेपाललाई सुरुवातमै झट्का


काठमाडौं — २१० रनको लक्ष्य पछ्याएको नेपालले खेलको दोस्रो बलमै झट्का ब्यहोरेको छ ।

चौथो टी–२० खेलमा वेस्टइन्डिज ‘ए’ले दिएको २१० रनको लक्ष्य पछयाउने क्रममा नेपालका आशिफ शेख दोस्रो बलमै बोल्ड आउट भएका हुन् । उनलाई म्याथु फ्रोडेले बोल्ट आउट गराएका थिए ।

अहिले नेपालले एक ओभरमा १ रन बनाउँदै १ विकेट गुमाएको अवस्थामा छ ।

नेपालका तर्फबाट अहिले क्रिजमा कप्तान रोहित पौडेल र कुशल भुर्तेल रहेका छन् ।

त्यसअघि वेस्ट इन्डिजका लागि एन्ड्रे प्mलेचरले विस्फोटक पारी खेलेका थिए । उनले ५४ बलमा ८४ रन बनाउँदै नेपाललाई विशाल लक्ष्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया