भुर्तेलले दिलाए नेपाललाई तेस्रो सफलता


काठमाडौं – नेपालले वेस्ट इन्डिज ए को तेस्रो विकेट लिएको छ ।

कुशल भुर्तेलले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो सफलता दिलाएका हुन् । उनले केसी कार्टीलाइ रोहित पाैडेलबाट क्याच गराएर तेस्रो सफलता दिलाए ।

त्यसअघि भुर्तेलले वेस्ट इन्डिज ए का जोन्सन चार्लेजलाई आउट गरेका हुन् । चार्लेज ३० बलमा ५८ रन बनाएर आउट भए ।

टस जितेर पहिला ब्याटिंग गरिरहेको वेट्स इन्डिज ए ले यो समाचार तयार गरुन्जेल १४ ओभरमा ३ विकेट गुमाएर १२८ रन बनाएको छ ।

प्रतिक्रिया