अत्यधिक गर्मीका कारण बुटवलका विद्यालय दुई दिन बन्द


काठमाडौं- केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ ।

वार्षिक कार्यतालिकामा रहेको बिदाबाट कटौती हुने गरी बिहीबार र शुक्रबार नगरपालिकाले विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो ।

गर्मी र तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएको भन्दै दुई दिन बिदा दिन निर्णय भएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले विज्ञप्तिमार्फत जनाएका छन् ।

सूचनाअनुसार विद्यालय बन्द भए पनि जारी रहेको कक्षा १२ को परीक्षा भने यथावत् रहने छ ।

प्रतिक्रिया