घरको भित्तामा ठोकियो मोटरसाइकल, हेलमेट नलगाएका दुई युवकको मृत्यु


चितवन- चितवनमा मोटरसाइकल दुर्घटनामा  दुई युवकको मृत्यु भएको छ ।  गए राति रत्ननगर नगरपालिका–४ स्थित वडा कार्यालयनजिक भित्री सडकखण्डमा ना२२प ३४४४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

उक्त मोटरसाइकल अनियन्त्रित भई स्थानीय सुमन गदालको घरको भित्तामा ठोक्किएको थियो । दुर्घटनामा रत्ननगर–३, बन्सीका १८ वर्षीय सुमित महतो र सोही ठाउँका २२ वर्षीय जीवन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार उनीहरू दुवैजनाले हेलमेट लगाएका थिएनन् ।  मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको सो कार्यालयले जानकारी गराएको छ ।

प्रतिक्रिया