

नेपाल–वेस्ट इन्डिज ‘ए’बीचको चौथो खेल आज, सिरिज उपाधिका लागि नेपाललाई जित्नै पर्ने

काठमाडौं — नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको पाँच टी–२० शृंखलाअन्तर्गतको चौथो खेल आज (बिहीबार) खेल्दै छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल १२ः१५ बजेबाट शुरू हुने छ। आज जित हात पारेसँगै नेपालले शृंखला बराबरी गर्ने मौका पाउनेछ । यदि आज पराजित भएमा नेपालले सिरिज गुमाउनेछ ।
यसअघि हिजो (बुधबार) सम्पन्न तेस्रो खेलमा नेपाल ७६ रनले पराजित भएको थियो ।
त्यस्तै आइतबार सम्पन्न दोस्रो खेलमा नेपाल १० रनले पराजित गर्दै वेस्ट इन्डिजले शृंखलामा २–१ ले अगाडि रहेको छ ।
वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन बनाएको थियो।
त्यसअघि शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको थियो।
नेपालले अन्तिम खेल भने शनिबार हुनेछ ।
नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेलिरहेको हो। उक्त शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ।

