

एमाले सुदूरपश्चिम इन्चार्जमा भट्ट, स्कुल विभाग ओली आँफैसँग

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावलको स्थानमा लेखराज भट्टलाई इन्चार्ज नियुक्त गरिएको छ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा शुक्रबार बालुवाटारमा बसेको केन्द्रिय कमिटीको बैठकले एमाले प्रवेश गरेका लेखराज भट्टलाई सुदूरपश्चिमको इन्चार्ज दिने निर्णय गरेको हो। लेखराज हाल केपी ओली सरकारको मन्त्रिमण्डलमा समावेश छन्। नेकपा माओवादी केन्द्रमा आवद्ध उनी सर्वोच्च अदालतको निर्णयपछि एमाले प्रवेश गरेका थिए।
स्कुल विभाग ओली आँफैसँग
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्कुल विभाग आफ्नै हातमा राखेका छन्।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुँदा यो विभागको इन्चार्ज इश्वर पोखरेललाई बनाइएको थियो।

