

टी–२० विश्वकपका लागि इङ्ल्यान्ड र दक्षिण अफ्रिकी टोलीको घोषणा

काठमाडौं- आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि इङ्ल्यान्ड र दक्षिण अफ्रिकाले मंगलबार आफ्नो टोलीको घोषणा गरेका छन् । जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा टी–२० विश्वकप सुरु हुँदैछ ।
त्यसैका लागि दुवै देशले टोली बनाएका हुन् । इङ्ल्यान्डको टोलीमा जस बट्लर (कप्तान), मोइन अली (उपकप्तान), फिल साल्ट, विल ज्याक्स, जोनी बेयरस्टो, बेन डकेट, ह्यारी ब्रुक, लियाम लिभिङस्टोन, साम कुर्रन, क्रिस जोर्डन, टम हर्टली, आदिल रासिद, जोफ्रा आर्चर, मार्क उड र रिसे टप्ली रहेका छन् ।
यस्तै दक्षिण अफ्रिकी टोलीमा एडेन मारक्रम (कप्तान), ओट्निल बार्टम्यान, जेराल्ड कोट्जी, क्विन्टन डी काक, ब्योर्न फोर्चुन, रिजा हेन्ड्रिक्स, मार्को जानसेन, हेनरिच क्लासेन, केशव महाराज, डेभिड मिल्लर, एनरिच नोर्जे, कागिसो राबडा, रयान रिकेल्टन, टाबरिज शम्सी र ट्रिस्टन स्टब्स रहेका छन् ।
दक्षिण अफ्रिकाले पहिलो खेल जुन ३ तारिखमा श्रीलंकासँग खेल्नेछ भने इङ्ल्यान्डले आफ्नो पहिलो खेल जुन ४ तारिखमा स्कटल्यान्डसँग खेल्नेछ ।
्

