

१२ वर्षीया बालिकालाई टहरोमा लगेर बलात्कार गर्ने राई पक्राउ

काठमाडौं – बलात्कार आरोपमा फरार आरोपीलाई प्रहरीले उदयपुरबाट पक्राउ गरेको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–१६ घर भएका ३१ वर्षीय सन्तोष राईलाई नाबालिका बलात्कारको अभियोगमा पक्राउ गरिएको हो ।
नयाँ वर्षको दिन उनले ललितपुरको गोदावरीमा १२ वर्षीय बालिकालाई टहरोमा लगेर बलात्कार गरेको आरोप छ ।
बलात्कारपछि फरार भएका उनलाई उदयपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

