इलाम-२ उपनिर्वाचन: ५ हजार ८५७ मतले सुहाङ अगाडि


इलाम – इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् ।

एमाले उम्मेदवार सुहाङ कांग्रेस उम्मेदवार डम्बर खड्काभन्दा ५ हजार ८५७ मतले अगाडि छन् ।

पछिल्लो मत परिणामअनुसार सुहाङले १८ हजार १९६ मत ल्याएका छन् भने डम्बरले १२ हजार ३३९ मत ल्याए ।

त्यस्तै स्वतन्त्र उम्मेदवार डेकेन्द्र सिंह लिम्बुले ९ हजार ३३६ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३ हजार ११८ मत ल्याएका छन्।

प्रतिक्रिया