कर्णालीलाई हराउँदै लुम्बिनीले जित्यो राष्ट्रिय टी–२० क्रिकेटको उपाधि


काठमाडौं- वीर गणेशमान सिंह राष्ट्रिय टी– २० क्रिकेटको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । सोमबार भएको फाइनल खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ३१ रनले हराएको हो ।

लुम्बिनीले दिएको ११७ रनको लक्ष्य पछ्याएको कर्णाली १५ ओभर ३ बलमा ८५ रनमा अल आउट भयो । कर्णालीका विपिन शाहीले सबैभन्दा धेरै २८ रन बनाए ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी प्रदेशले २० ओभरमा ९ विकेट गुमाएर १ सय १६ रन बनायो । लुम्बिनीका मृनल गुरुङले २७, विराट भण्डारीले २६, कृष्ण कार्कीले २२ रन बनाए ।

राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा ७ प्रादेशिक टोली सहभागी थिए । वीर गणेशमान सिंह फाउन्डेशनको आयोजनामा प्रतियोगिता भएको हो ।

प्रतिक्रिया