

मुचुल्का भेटिएपछि बझाङमा पुनः मतगणना सुरु

बझाङ- बझाङमा रोकिएको मतगणना पुनः सुरू भएकाे छ । तलकाेट गाउँपालिका ४ काे मुचुल्का हराएको भन्दै मतगणना रोकिएको थियाे ।
तलकाेट गाउँपालिकाकाे वडा नम्बर ३ सम्म गणना गरिसक्दा वडा नम्बर ४ काे मतपेटीका शिल गरेकाे मुचुल्का नभेटिएपछि मतगणना राेकिएकाे हाे । तर अहिले मुचुल्का भेटिएपछि मत गणना सुरू भइसकेकाे छ ।

