नेपाल १० रनले पराजित


काठमाडौं – नेपाल वेस्ट इन्डिजसँग १० रनले पराजित भएको छ ।

कीर्तिपुरमा सम्पन्न दोस्रो टी–२० मा १६१ रनको लक्ष्य पाएको नेपालले ९ विकेटको क्षतिमा २० ओभरमा १५० रनमात्र बनाउन सकेपछि नेपाल १० रनले पराजित भएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले नटआउट ७१ रन बनाए पछि टिमलाई जित दिलाउन भने सकेनन् ।

नेपालका लोकेश बम १७ रनमा आउट हुँदा कुशल भुर्तेल र अनिल शाह क्रमशः २ र १ रनमा आउट भए भने कुशल मल्ल शुन्य रनमा आउट भए ।

अहिले कप्तान रोहित पौडेल र आरिफ शेखले ब्याटिङ गरिरहेका छन् ।

नेपालले वेस्ट इन्डिजसँगको दोस्रो खेलमा १६१ रनको लक्ष्य पाएको छ । यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल विजयी भएको थियो ।

प्रतिक्रिया