नेपाललाई चौथो सफलता, कुशल भुर्तेलले लिए दोस्रो विकेट


काठमाडौं — वेस्ट इन्डिजविरुद्धको दोस्रो टी–२० मा नेपालले चौथो सफलता हात पारेको छ ।

नेपालका लागि कुशल भुर्तेलले आफ्नो दोस्रो विकेट लिँदै नेपाललाई उक्त सफलता दिलाएका हुन् ।

यसअघि नेपालका लागि सागर ढकालले अन्य २ विकेट लिएका छन् ।

वेस्ट इन्डिजले अहिले १३.२ ओभरमा ७९ रन बनाउँदा ४ विकेट गुमाइसकेको छ ।

प्रतिक्रिया