इलाम-२ मा दिउँसोसम्म ४९ हजार मत खसे


इलाम- प्रतिनिधिसभाअन्तर्गत रिक्त रहेको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा दिउँसोसम्म ४९ प्रतिशत मत खसेको छ।  बिहान ७ बजेबाट ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा ४२ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले जानकारी दिए।

उनका अनुसार पछिल्लो समय मत खस्ने दर केही बढेको छ। साँझसम्म ७० प्रतिशत मत खस्ने आकलन गरिएको छ ।

दिनभर काममा गएका मानिसहरू अपराह्नमा मतदानमा सहभागी हुने प्रजिअ पौडेलले बताए ।

इलाममा क्षेत्र नम्बर २ मा एक लाख १५ हजार ८८९ जना मतदाता छन्।

प्रतिक्रिया