इलाममा मतदान केन्द्र नजिकै अर्को नक्कली मतदान !


इलाम- इलाममा एक्जिट पोलको नाममा मतदान केन्द्र नजिकै अर्को मतदान गराएको पाइएपछि प्रहरीले एक्जिट पोल गराउने सामग्री जफत गरेको छ । मतदान केन्द्रभित्रै नक्कली मतपत्र तयार गरी मतदान गराएको पाइएपछि प्रहरीले केही सामग्रीहरू बरामद गरेको हो ।

महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको मतदान केन्द्रभित्र नै मतदातालाई नक्कली मतपत्रमा छाप हाल्न लगाउने समूहको सामग्री प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।

क्याम्पसकै होस्टेलमा छात्राहरूले निर्वाचनका विषयमा एक्जिट पोल गराएको खुलेको छ । ती युवतीहरूलाई मतदान गरेर फर्किएकाहरूलाई पुन मतदान गर्न लगाउने सर्तमा राखिएको प्रहरीले जनाएको छ । उनीहरूले मतदान गरेर फर्किएकाहरूलाई पुन नक्कली मत पत्रमा मत खसाउन लगाउने गरेका थिए ।

प्रहरीका अनुसार उक्त  समूहले यो काम २ घण्टासम्म सञ्चालन गरेको थियो ।

प्रतिक्रिया