फेल भएपछि पूर्वसांसद शान्ता चौधरीले भनिन्–लडेर फेरि उठने छु


काठमाडाैं- नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी पूर्वसांसद शान्ता चौधरी बीए पहिलो वर्षको परीक्षामा अनुत्तीर्ण भएकी छन् ।

हालै आएको नतिजाअनुसार आफू बीए पहिलो वर्षमै फेल हुन पुगेको चौधरीले बताएकी छन् । ‘यस पटक चाहिँ ‘ब्याचलर फर्स्ट इअर’मै फेल भइयो’, उनले आफ्नो नतिजाबारे सामाजिक सञ्जालमा लेखेकी छन्, ‘बुढेसकालको पढाइ न पर्‍यो । केही छैन लडेर फेरि उठने छु।’

उनले आफू जस्तै अनुत्तीर्ण भएका साथीहरूलाई निराश नहुन पनि भनेकी छन् ।

‘यसरी नै हिम्मत गरेर अगाडि बढ्न हुन अनुरोध गरेँ, मैले मसँगै फेल हुने मेरा प्यारा साथीहरूलाई’, शान्ताले भनेकी छन्, ‘बधाई तथा शुभकामना छ, पास हुने मेरा सम्पूर्ण साथीहरूलाई।’

शान्ताका अनुसार उनलाई बीए पहिलो वर्षमा अंग्रेजी र ग्रामीण विकास (आरडी) लागेको छ ।

बाल्यलका कम्लरी बसेर बिताएकी उनले एमालेको राजनीतिमा होमिएसँगै स्कुल हुँदै पढाइलाई कलेजसम्म पुर्‍याएकी छन् ।

 

प्रतिक्रिया