भक्तपुरमा आफ्नै घरको छतबाट लडेर सुवर्णको प्राण गयो


काठमाडौं- भक्तपुरमा आफ्नै घरको छतबाट लडेर एक जनाको ज्यान गएको छ।

बिहीबार सूर्यविनायक नगरपालिका–४  हर्षचोकमा राति साढे ९ बजे बजे सुवर्ण मानन्धर आफ्नै चार तले पक्की घरको छतबाट खस्दा  उपचारको क्रममा राति ११ बजे मध्यपुर ठिमी अस्पतालमा निधन भएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता राजन कार्कीले जानकारी दिए।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया