कार्यालय नजाने सहसचिव गैरे बर्खास्त


काठमाडौं- सरकारले एक सहसचिव बर्खास्त गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै सहसचिव कमलराज गैरेलाई बर्खास्त गरेको हो ।

बिनाजानकारी ९० दिनभन्दा लामो समय गैरहाजिर रहेकाले निजामती सेवा ऐन, २०४९ को दफा ६१(१) को खण्ड (छ) अनुसार उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

निजामती सेवा ऐनमा ९० दिनभन्दा बढी गैरहाजिर कर्मचारीलाई सफाइ पेश गर्न समय दिने र उक्त अवधिमा चित्त बुझ्दो प्रष्टीकरण नआएमा वा सम्पर्क नगरेमा जागिरबाट बर्खास्त गर्न सकिने व्यवस्था छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत नेपाल कृषि सेवाका प्राविधिक सहसचिव डा. गैरे ०८० वैशाख २ देखि बिनाजानकारी कार्यालयमा अनुपस्थित थिए ।

प्रतिक्रिया