

तराईमा चढ्यो गर्मीको पारो

काठमाडौं- पछिल्लो समय मुलुकभरको तापक्रम बढ्ने क्रममा रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । मधेश, लुम्बिनी र सुदूरपश्चिमसहित तराईका अधिकांस स्थानमा गर्मी बढेको छ ।
केही दिनदेखि तराईका अधिकांस ठाँउमा ४० डिग्री सेल्सियसभन्दा धेरै तापक्रम मापन गरिएको छ । ती क्षेत्रमा तातो हावा चल्न थालेको छ । विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका शहरको तापक्रम ४० डिग्री पुगेको छ ।
गर्मी र तातो हावा चल्दा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बेहोस हुने, बान्ता हुने लगायतका असर देखिने गर्छ ।

