

प्रहरी बिट नजिकैको पसलबाट दिनदहाडै चोरी

कैलाली- कैलालीको लम्कीचुहा–१, लम्की बजारमा दिनदहाडै चोरी भएको छ । प्रहरी बिटको ५० मिटर दुरीमा रहेको पसलबाट चोरले दिनदहाडै २ लाख रुपैयाँ नगद उडाउन सफल भएको छ ।
ग्लोबल बैंक रहेको भवनस्थित भैरवी डेन्टल रिहान फार्मेसीबाट २ लाख नगद रुपैयाँ चोरी भएको सञ्चालक दिपेन्द्र शाहीले जानकारी दिएका छन्।
दिउँसो १ बजे चोरी भएको जानकारी दिएका सञ्चालक शाहीले चोरी भइरहेको अवस्थाको सिसिटिभी फुटेज सार्वजनिक पनि गरेका छन् ।
इप्रका लम्कीले चोरीमा संलग्न व्यक्तिको खोजी कार्य भइरहेको बताएको छ ।

