झापा मोटरसाइकल दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत


झापा- बुधबार बिहान झापाको शिवसताक्षी- ८ मा दुई सवारी आपसमा ठोक्किँदा ज्यान गुमाउने तीन  युवकको सनाखत भएको छ।

बुधबार बिहान साढे पाँच बजे शिवसताक्षी- ८ झिलभिलेमा मे ३ प ५००१ नम्बरको मोटरसाइकललाई प्रदेश १–०१–००१ च ९३२९ नम्बरको बोलेरोले ठक्कर दिँदा तनि तीन युवकको मृत्यु भएको थियो।

मृत्यु हुनेमा मोटरसाइकल चालक झापाको कमल गाउँपालिका- ४ का २५ वर्षीय मौसम राई, सोही मोटरसाइकलको पछाडी सवार कमल- ४ कै २० वर्षीय युनिस भण्डारी र १७ को सरोज रेग्मी रहेका प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार दुई युवकको घटनास्थलमै र एक जनाको बीएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो ।

सडकमा अगाडि रहेको सवारी साधनलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ।दुर्घटनापछि बोलेरो चालक झापाकै मेचीनगर-६ घर भएका ४५ वर्षीय ऋषिराज गिरीलाई पक्राउ गरिएको छ।

प्रतिक्रिया