अध्यादेशबाट कानून ल्याएर भए पनि जनताको बचत फिर्ता गरिन्छ : गृहमन्त्री लामिछाने


काठमाडौं– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेको जनताको पैसा कानून बनाएर भए पनि फिर्ता गरिने बताएका छन् ।

आज इलामको चुलाचुलीमा  आयोजित चुनावी सभामा बोल्दै मन्त्री लामिछानेले नीति ल्याएर, कानून बनाएर वा संशोधन गरेर भए पनि जनताको पैसा फिर्ता हुने वातावरण सरकारले बनाउने बताएका हुन् ।

‘प्रधानमन्त्रीसँग नियमित छलफलमा छु । अध्यादेशबाट कानून ल्याएर भए पनि जनताको बचत फिर्ता गरिन्छ । सञ्चालकको जायजेथा बिक्री गर्न कानून अभाव भनिएको छ । यदि हो भने कानुन बनाएर भए पनि तिनको सम्पत्तिबाट बचत फिर्ता गर्ने क्रमको सुरुआत हुन्छ’ उनले भने ।

 

प्रतिक्रिया