अभ्यास गर्दा दुई हेलिकप्टर ठोक्किए, १० जनाको मृत्यु


काठमाडौं- मलेसियामा दुई सैनिक हेलिकप्टर एक आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।

९०औं सैनिक दिवस मनाउन अभ्यासरत दुई सैन्य विमान ठोक्किँएको मलेसियाका सञ्चारमाध्यमले जनाएका छन् ।

रोयल मलेसियन नेभी परेडका क्रममा एउटा हेलिकप्टर अर्को हेलिकप्टरको पङ्खामा ठोक्किएपछि दुवै हेलिकप्टर जमिनमा खसेका थिए। एउटा हेलिकप्टरमा सात जना र अर्कोमा तीन जना सवार थिए । हेलिकप्टरमा सवार दश जनाकै ज्यान गएको रक्षा मन्त्रालयले जनाएको छ ।

सरकारले दुर्घटनाग्रस्त दुई नौसेना हेलिकप्टरको कारण पत्ता लगाउन एक छानबिन बोर्ड गठन गर्ने जनाएको छ ।

रक्षा मन्त्री दातुक सेरी मोहम्मद खालेद नोर्डिनले दुर्घटनाको कारण पत्ता लगाउन बोर्ड गठन गरिने जानकारी दिए । दुर्घटनाग्रस्त एक हेलिकप्टर स्विमिङ पुलमा दुर्घटनाग्रस्त भयो र अर्को सैन्य परिसर भित्रको स्टेडियममा खसेको थियो ।

प्रतिक्रिया