आयल निगमविरुद्ध आन्दोलन गर्ने व्यवसायीको तयारी


काठमाडौं – पेट्रोलियम क्षेत्रमा कार्यरत दुई संस्थाले संयुक्त रुपमा नेपाल आयल निगमविरुद्ध आन्दोलन गर्ने तयारी गरेका छन् ।

पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन र पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघले संयुक्त बैठक बसेर निगमविरुद्ध आन्दोलन गर्ने निर्णय गरेका हुन् ।

दुवै संस्थाले निगमले आफूहरुको माग पूरा नगरे आन्दोलनमा जाने निर्णय गरेका छन् । निगमले सम्झौता गरेर पनि उक्त सम्झौतालाई कार्यान्वयनमा नल्याएको भन्दै उनीहरुले आन्दोलन गर्ने तयारीमा जुटेका छन् ।

केही बर्षअघि पेट्रोल पम्प व्यवसायीको कमिशन पुरानै व्यवस्थाअनुसार उपलब्ध गराउने बिषयमा निगमले सम्झौता गरेको थियो । तर निगमले उक्त सम्झौता हालसम्म कार्यान्वयनमा नल्याएको महासंघका एक अधिकारीले बताए ।

 

प्रतिक्रिया