मुख्यमन्त्री अधिकारीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा


काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्धय सपना मल्ल प्रधान र सारङ्गा सुवेदीको संयुक्त इजलासले रिट बुधबारका लागि हेर्दाहेर्दैमा राखेको हो ।

गण्डकीका सभामुखको हस्ताक्षरसहित मुख्यमन्त्री दावी गरेर अधिकारी नियुक्त भएको भन्दै तत्कालीन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नियुक्ती बदरको मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए ।

पाण्डेले गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टलाई विपक्षी बनाएर चैत २७ मा रिट दायर गरेका थिए ।

प्रतिक्रिया