क्रिकेटर लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा


काठमाडौँ – क्रिकेटर सन्दिप लामिछानेको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।

पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालले मुद्दा हेर्न नभ्याउने सूचीमा राखेका हुन् ।

यसअघि अदालतले तादी गाउँपालिका–२ बाट पीडितले जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नको लागि दिएको निवेदनको सक्कली प्रति र जन्मदर्ताको प्रति झिकाउने आदेश गरेको थियो ।

गौशाला–२६ को जन्म २०६२ जेठ १८ मा भएको भन्दै सो गाउँपालिकाले २०७९ असारमा प्रतिलिपी जारी गरेको थियो । पीडितको जन्ममिति विवाद छ ।

प्रतिक्रिया