उपनिर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पार्ने आयोगको निर्णय


काठमाडौँ – निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको छ ।

आयोगको सोमबार बसेको बैठकले आजै सम्पन्न उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिससमेतको आधारमा सुरक्षा व्यवस्था कडा बनाउने भएको हो ।

आयोगले मतदानको दिन निर्वाचन सम्बन्धी सामग्रीको प्रयोगमा बाधा पुर्‍याउन नहुने, मतपत्रको दुरुपयोग गर्न नहुने, गैरकानुनी तवरले मतपत्र दिन वा लिन नहुने, मतदानको अधिकार विना मतदान गर्न नहुने, पटक पटक मतदान गर्न नहुने निर्देशन जारी गरेको छ ।

यस्तै मतदानको दिन मत सङ्केत सार्वजनिक गर्न नहुने, मतदानको प्रक्रिया उल्लङ्घन गर्न नहुने, मतपत्र बाहेक अन्य वस्तु खसाल्न वा राख्न नहुने, मतदान भएको मतपत्र बिगार्न वा नष्ट गर्न नहुने, मतदान गर्न बाधा गर्न नहुने लगायतका व्यवस्थाको प्रतिकूल हुने गरी कुनै पनि कार्य हुन नदिने र कहीँ कतैबाट भए गरेमा थप आदेश लिनु नपर्ने गरी प्रचलित कानुन बमोजिम तत्काल कारबाही गर्ने र जानकारी गराउने आयोगले निर्देशनसमेत जारी गरेको छ ।

प्रतिक्रिया