

नेपाली सेनामा अवैध यौन प्रकरण: जर्नेल कार्कीसहित दुई अधिकृत बर्खास्त

काठमाडौ – नेपाली सेनामा अवैध यौन प्रकरणमा एक तारे जर्नेल पंकज कार्कीसहित दुई सैनिक अधिकृतलाई सेवाबाट बर्खास्त गरिएको छ।
बर्खास्तमा पर्ने अर्का अधिकृत महिला हुन् । सैनिक पदीय मर्यादाविपरित आचरण र अनुशासन उल्लंघन गरेको अभियोगमा उनिहरुलाई भविस्यमा अयोग्य नठहरिने गरि बर्खास्त गरिएको सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले जानकारी दिए।
अनलाईनन्युज सेभेनसँगको कुराकाकानीमा उनले महिला सैनिकको नाम भने गोप्य राखेको बताए।
दक्षिणी सुडानमा शान्ति सेना भएर खटिँदा घटेको सो घटनाको फैसला गर्ने क्रममा कार्यरथी गोकुल भण्डारीको कोर्ट अफ इन्क्वायरीबाट गत शुक्रबार उनीहरुलाई बर्खास्त गर्ने फैसला सुनाएको थियो।

