समाचार पढ्दा पढ्दै न्यूज एङ्कर बेहोस भएपछि…


नयाँ दिल्ली- भारतकाे दूरदर्शनको कोलकाता शाखाको एङ्कर लोपामुद्रा सिन्हा समाचार पढ्दै गर्दा बेहोस भएकी छिन् । प्रत्यक्ष प्रसारणको क्रममा तातो हावाको लहरका कारण समाचार पढ्दै गर्दा उनी बेहोस भएकी हुन् । समाचार पढदै गर्दा उनको रक्तचाप अचानक घटेकाे थियाे ।

‘टेलिप्रम्प्टर धमिलो भयो र म बेहोस भएँ, म मेरो कुर्सीमा लडेँ,’ लोपामुद्रा सिन्हाले आफ्नो फेसबुक पेजमा साझा गरेको भिडियोमा भनेकी छिन् । लोपामुद्रा सिन्हाले भनिन्, ‘अत्यधिक गर्मी र रक्तचापमा अचानक गिरावट आएपछि म बेहोस भएँ ।’

उनका अनुसार कूलिङ सिस्टममा केही गडबडीका कारण स्टुडियो भित्र अत्यधिक गर्मी भएको उनको भनाइ छ ।

भारतका धेरै भाग तातो हावाको लहरको चपेटामा पर्न थालेका छन् र धेरै क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसदेखि ४६ डिग्री सेल्सियस पुगिसकेको छ।

 

प्रतिक्रिया