माओवादी परित्याग गरेका संविधान सभा सदस्य शर्मा जसपा प्रवेश


काठमाडौँ – नेकपा माओवादी केन्द्र परित्याग गरेका संविधानसभा सदस्य रामकुमार शर्मा जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।

महोत्तरीको जलेश्वरमा आयोजित एक समारोहबीच नेता शर्मा जसपामा प्रवेश गरेका हुन् । उनलाई जसपा अध्यक्ष उपेन्द्र यादवले अबिर लगाएर पार्टीमा स्वागत गरे । शर्मा माओवादीका केन्द्रीय सदस्य थिए । उनी पार्टी परित्याग गरे लगत्तै जसपाकै नेताहरू आफ्नो पार्टीमा स्वागत गरेका थिए । तर आज औपचारिक रूपमा उनी जसपामा प्रवेश गरे ।

नेता शर्माले आफू पुरानो घर फर्केको बताए । तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका महासचिव थिए । त्यतिबेला फोरम पार्टीको रूप लिइसकेको थिएन, मधेशका अगुवाहरू एउटा संस्थाका रूपमा गठन गरेको थियो ।

प्रतिक्रिया